होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित कार्यक्रममा मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका १० निर्णय १) कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अरब १४ […]
प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । यस्तै एमपोसबाट गरिने रिचार्जमा समेत डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । सो अफर शनिबार परेको प्रजातन्त्र दिवसको दिनमात्र उपलब्ध हुनेछ । यस्तै नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा […]
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन माग गरेकी छन्। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको गरिबको सूचीबाट नाम हटाउन माग गरेकी हुन्। दुहुँकै हिकिलामा रहेको स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत सावित्रीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन फाराम भरेको बताइन्। उनले निबेदनमा गरिबको सूचीमा […]
जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो । यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब […]
भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने […]
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका छन् । संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताए । उनले भने, ‘एमसीसीमा गम्भीर आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुराहरु छन् । यी कुराहरु नसच्चिएसम्म संसोधन […]
काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा […]
काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक […]
काठमाडौं । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर ३’मा सुहाना […]
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । […]
दार्चुलाः अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छिन्। पालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेकी हुन्। गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनी दिनहुँ यहाँ पुग्ने गर्छिन। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सडक प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको बताए । ‘‘बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । व्यवस्थापन […]
काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा […]
काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा एकीकृत समाजवादीका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। बाजुराको दानसगुमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । गएराती बुढीनन्दा नगरपालिका–५ स्थित दानसागु नजिकै जिप दुर्घटनामा परी चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको से १ ज १०६२ नम्बरको जिप दानसागु नजिकैको कमारेकोटमा दुर्घटना हुँदा चालक २३ वर्षीय […]
नेपालगन्ज — बिहेको रौनक सुरु भइसकेको थियो । भोजका लागि चाहिने सामग्रीले घर भरिएको थियो । केटा पक्षलाई लत्ताकपडा र छोरीलाई दिइने भाँडाकुँडा जुटाइएको थियो । इष्टमित्र र टाढाबाट पाहुना आउँदै थिए । प्रेसबाट छापिएर आएका एक हजार निमन्त्रणा कार्ड बाँड्न मात्रै बाँकी थियो । एकाएक केटा पक्षले दाइजोका अनेकौं माग राख्न थाले । केटी पक्ष अलमलमा परे । विवाद भयो । सुरुमा […]
काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ ।अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ । आज विभिन्न राजनीतिक […]