होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० मा भएको थियो । […]
दाङ । दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ । लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा […]
सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ । रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा […]
रौतहट — काखमा रहेकी डेढ वर्षकी दुधे बालिका घरीघरी दूध पिउन खोज्थिन् । छेउमै साढे ६ वर्षका बालक एकोहोरो आमालाई हेर्थे र टोलाउँथे । आमा भने सुँक्कसुँक्क गर्दै आफूले भोगेको पीडा सुनाइरहेकी थिइन् । चन्द्रपुर–६ की २४ वर्षीया रोशनीकुमार साहले शनिबार सञ्चारकर्मीसामु श्रीमान्ले दिने यातना र हिंसाको वृत्तान्त सुनाइन् । ‘पछिल्लो समय कुटपिट र यातना बढी हुन थालेपछि पत्रकार […]
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी […]
हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी […]
मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ । फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल […]
सङ्क्रामक रोग फैलनमा भूगोलको दुरी बाधक हुँदैन भन्ने कुरा कोभिड-१९ को नयाँ-नयाँ भेरियन्टहरुको उत्पत्ति र त्यसको प्रसारण रोक्ने हर सम्भव उपायहरूका बाबजुद पनि विश्वव्यापी फैलनुबाट पनि पुष्टि हुन्छ । नेपालको छिमेकी देश भारतसँगको लामो खुल्ला सिमाना र दैनिक मानिसको व्यापक आवतजावतले ज्ञात/अज्ञात सङ्क्रामक रोगहरू एक अर्काको देशमा फैलने गरेको विगतमा देखिएको थियो र आगामी दिनहरूमा […]
धनगढीः सुदूरपश्चिममा राज्य पक्ष र अन्य पक्षबाट गरी सन २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७ सय ६ घटना घटेको तथ्यांक सार्वजनिक गरिएको छ। यो अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, […]
सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा हिला पीडित देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मार्फत शनिबार सार्वजनिक गरेको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको देखिएको हो । इन्सेकले सन् २०२१ मा संकलन गरेको मानवअधिकार उल्लंघनका घटना विवरणअनुसार प्रदेशमा एक […]
काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली […]
नागरिक रैबार बाजुरा ७ फागुन। नेकपा एकीकृत समाजवादी पार्टी बाजुराले जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकामा गाउँ कमिटी गठन गरेकाे छ । शनिवार समाजवादी पार्टीले स्वामिकार्तिक गाउँपालिकामा आयाेजना गरेकाे प्रमम भेलाबाट गाउँ कमिटीकाे अध्यक्षमा पशुपति राेकाया रहने गरि ९५ सदस्यीय कमिटी गठन गरिएको हाे । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते ताेकिएसंगै नेकपा एकीकृत समाजवादी पार्टी जिल्लाभर संगठन […]
नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले मुख खोलेको छ।शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको छ। ‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बडिमालिका नगर कमिटीको दोस्रो बैठक पार्टी कार्यालय मार्तडीमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रमेश चदाराको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकको संचालन नगर कमिटी सचिब प्रेम बहादुर बिश्वकर्माले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथी नबनिर्बाचित प्रदेश कमिटी सदस्य मान बहादुर बिक मनोज रहनु भएको थियो भने, विशिष्ट […]
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा […]
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् । ‘हामी वाक स्वतन्त्रता र […]
नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो। टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई नदीजन्य पदार्थको उत्खननको मापदण्डको विषयमा परिपत्र गरेको छ । मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा सूचनापाटी राख्न सर्वोच्चले दिएको आदेश पालना गर्न परिपत्र गरेको हो । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा […]