होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः राष्ट्रिय जनमोर्चा पार्टीका महासचिव मनोज भट्टले पूरानै कानुनमा टेकेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) टेबुल भएको बताएका छन्। धनगढीमा सम्पन्न भएको प्रदेश सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘अहिलेको कानून अनुसार एमसीसी संसदमा टेबुल गर्न मिल्दैन,’ उनले भने, ‘पूरानै कानूनमा टेकेर एमसीसी टेबुल गरिएको हो।’ भट्टले एमसीसी नागरिकको […]
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। अध्यक्ष दाहालले भने, “देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।” अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो […]
काठमाडौं । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् । शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर […]
काठमाडौं । वरिष्ठ चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डीसीले एकै पटक ३ गीत युट्युव ‘ट्रेन्डिङ’मा परेको भन्दै गायक राजेश पायल राईलाई बधाई दिएका छन् । सोमबार बिहान एक फेशबुकमा स्टाटस लेख्दै डीसीले बाल प्रतिभाहरुलाई समेट्दै निकालेका गीतले छोटो अवधिमा ‘ट्रेन्डिङमा ह्याट्रिक’ गरेको भन्दै बधाइ दिएका हुन् । राईले गायनमा मात्र नभइ नयाँ पुस्तालाई प्रोत्साहन गर्ने, समकालीनका […]
स्थानीय चुनावको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलका नेताहरू पार्टी फेरबदलमा लागेका छन् । चुनावमा टिकट हात पार्न र सम्भावित जित निकाल्न उनीहरूले पार्टी परिवर्तन गर्ने गरेका हुन् ।रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन् । एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षले पार्टी बदलेका हुन् । रूपन्देहीको […]
नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा अबिर र खादा लगाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि […]
झापा । झापाकी पत्रकार माया पकवालको निधन भएको छ ।मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए । ५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिँदैछ […]
काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो । ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन […]
काठमाडौं । महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको बकिङघम दरबारले जनाएको हो । आइतबार बकिङघम दरबारले एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथ द्वितीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । महारानीलाई ‘सामान्य रुघाखोकी जस्ता लक्षण’ देखिएको र आउँदा हप्तादेखि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ । ‘उहाँले निरन्तर मेडिकल सेवा लिनु हुनेछ र […]
काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’ पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका लक्ष्मण देवकोटा र […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ । दलित समुदाय माथि हुने बिभेद र हिंसाका घटनाहरु र जातिय छुवाछुतको रोकथाम, न्युनिकरण तथा जातिय छुवाछुत सम्बन्धि घटनाहरुको अनुसन्धान गर्ने कार्ययोजना अर्न्तगत जिल्ला प्रहरी कार्यालय दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले […]
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक-दुई दिन देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ । मौसमविद् विनु महर्जनका अनुसार आइतबार राति पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार पनि पहाडी क्षेत्रमा हल्का वर्ष र उच्च पहाडी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता विरुद्धको विरोध प्रदर्शन अझै नियन्त्रणमा आएको छैन ।माइतिघर-नयाँ बानेश्वर क्षेत्रमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । प्रहरीले नियन्त्रणको प्रयास जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । ‘‘अहिले पनि विरोध प्रदर्शन नियन्त्रण गर्न सकिएको छैन । कति जना घाइते भए, कति पक्राउ भए […]
धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ । परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ […]
काठमाडौंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ। एमसीसी संसदमा टेबल गर्ने सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमारु संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ ?, […]
काठमाडौंः आज चलेको संसद वैठकमा साँसद भीम रावललाई बोल्न दिइएकोबारे नेकपा एमालेले आपत्ति जनाएको छ। दलीय सहमति विपरीत बोल्न दिइएको भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आपत्ति जनाएका हुन्। ‘दलीय सहमति नभइकन उनाई बोल्न दिइएको छ,’ भट्टराईले भनेका छन्, ‘एमालेको विरोधकै बीच उहाँलाई बोल्न दिइएकोमा हाम्रो गम्भीर आपत्ति छ।’ उनले सभामुख […]
काठमाडौंः नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते भएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ। घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत एक दर्जनभन्दा बढी […]
काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आफ्नो पार्टीको विरोध रहेको बताएका हुन् । प्रमुख सचेतक गुरुङले आर्थिक अनुदानलाई संसदबाट पारित गर्ने परम्परा नभएको भन्दै […]