होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार […]
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती […]
महेन्द्रनगरः महाशिवरात्री तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आइतबारदेखि पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गरे। सेना–नागरिक सम्वन्ध सुदृढिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबल लगायतका कार्यक्रम आयोजना गरेको छ। आगामी फागुन १७ गते सेना दिवसका […]
म्याग्दी, १५ फागुन: शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिटे […]
काठमाडौं, १५ फागुन : नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्र्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् […]
काठमाडौं, १५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरीलाई सघाउने बताएका छन् । आफ्नै युटुयुब च्यानलमार्फत २ मिनेट ४१ मिनेटको भिडियो शेयर गर्दै शाहले न्यायको आस्था अदालतले जे निर्णय गरेपनि आफुलाई खुशी हुने बताएका हुन् । उनले आफ्नो नयाँ फिल्म सबै दर्शक र टिमसँगै बसेर हेर्न इच्छा भएको पनि सुनाएका छन् । बलात्कारको […]
धनगढीः धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो। पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ ।संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुलाई ११ बुँदे व्याख्यात्मक घोषणापत्र बाँडिएको छ । व्याख्यात्मक घोषणासहितको पुरक प्रतिवेदनमा बैठकमा प्रमुख सचेतक देव गुरुङले नै आशंका व्यक्त गरेका छन् । व्याख्यात्मक घोषणा सम्झौता उधारो हुने हो कि भनेर गुरुङले आशंका व्यक्त गरेका हुन् । […]
‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए । ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी […]
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बसालेका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट […]
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार […]
कपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टी बाहिर नजाने बताएका हुन् । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौं,’ उनले भने, […]
काठमाडौं । युक्रेनमा अध्ययनरत भारतीय विद्यार्थीहरु सकुशल मुम्बई पुगेका छन्। रुसले केही दिनअघि युक्रेनमा आक्रमण गरेपछि त्यहाँ फसेका २१९ जना विद्यार्थीलाई एयर इन्डियाले मुम्बाईमा हिजो राति ल्याएको थियो। रुसी सेना युक्रेनको जाहोनी भन्ने स्थानमा पुग्न लागेको खबरपछि त्यहाँबाट छिमेकी देश हंगेरीमा ती विद्यार्थीहरु पुगेका थिए। भारतीय सञ्चार माध्यामका अनुसार केही विद्यार्थीहरु राजधानी दिल्लीमा चाँडै पुग्ने […]
काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् । आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ […]
धनगढी : बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका-३ स्थित बुङ्गल रन्लेक सडकखण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। शनिबार घर निर्माणका लागि काठ बोकेर खोल्लेक जाने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको देउलेक प्राथमिक […]
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता […]
१५ फागुन, काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर […]
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय […]
काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए […]
‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै […]