होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो […]
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो […]
धनगढी : नेपाली काँग्रेसको जिल्ला अधिवेशनअन्तर्गत आज हुने भनिएको मतगणना अझै सुरु भएको छैन। आज बिहान १० बजेदेखि सुरु हुने भनिएको गणना १२ बजेसम्म पनि सुरु हुन नसकेको हो। चुनावमा उत्रिएका संस्थापन पक्षकै दुई उम्मेदवारबीच सहमति जुट्न नसक्दा गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ। सभापतिका उम्मेदवार नारायणदत्त भट्टले मतदान भएकै प्रक्रियाअनुसार निर्वाचन क्षेत्रअनुसार […]
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा हलिया मुक्ति समाज पुर्नउत्थान कार्यक्रमको नाममा कार्यालय खोलेरै ठगी हुन थालेको छ। कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्वर ७ मा कार्यालय खोलेर सुचीकरणमा नपरेका परिवारलाई सुचिकरणमा पारिदिने र पुनःस्थापना गर्ने भन्दै ठगी भइरहेको हो। गणेश लुहार, नरेश आउजी र कृष्ण लुहारलगायतका व्यक्ति गाउँगाउँबाट लाखौ रकम संकलन गरेर फरार भएका छन्। पहाडी जिल्ला दार्चुलाको […]
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास-डोकेबजार सडकखण्डमा चल्ने तीन पाङ्ग्रे अटो रिक्साका चालकहरुलाई सम्मान गरिएको छ। आइतबार अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्ती र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त आयोजनामा पूर्णरुपमा ट्राफिक नियम पालना गर्ने, यात्रुसँग शिष्ट व्यवहार गर्ने र कुनै पनि कसुर/अभियोग नलागेका दस वटा अटोरिक्सा चालकहरुलाई नगद पाँच सय, दोसल्ला र प्रमाणपत्रसहित ‘असल सवारी चालक’ पुरस्कारले सम्मान […]
धनगढी : बैतडीमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले सोमबार बिहानै गोठलापानी र साहीलेकमा टायर बालेर प्रर्दशन गरेका हुन्। जिल्लाका अधिकांश बजारहरु बन्द गरिएका बताइएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन्। बन्दले गर्दा गाडी नचलेपछि यात्रुहरु अलपत्र परेका छन्। धनगढी […]
१६ फागुन, धनगढी । पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए । […]
आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो । तर, संसद् भवनबाहिर नयाँ बानेश्वर क्षेत्रमा अघिल्ला दिनहरूमा जस्तै एमसिसीविरुद्ध दिनभर आन्दोलन चर्कियो । आन्दोलनमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता नै धेरै थिए, खासगरी विद्यार्थी । आन्दोलन […]
बलेवा । बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने हुनुभएको छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थाल्नुभएकोे हो । आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिनुभयो । जैमिनी नगरपालिका–४ सर्कुवाका […]
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने बताएका छन्।आइतबार प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता अनुमोदन भएपछि उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले यसलाई राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन्। ‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ उनले […]
काठमाडौं । इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई आइतबार राति पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुलले लिग कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित ९० र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । पेनाल्टीमा पनि दुवै टिमको गरेर २१ प्रहार गोलमा परिणत भएको थियो । तर, गोलकिपर काओमहिन केलेहरले […]
धनगढी : एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै सुदूरपश्चिममा पनि यातायात लगायतका सेवा प्रभावित भएका छन्। सोमबार बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय-कलेज, बजार-व्यवसाय बन्द […]
काठमाडौं । काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।
काठमाडौँ — आइतबार संघीय संसद् भवनमा एमसीसीबारे छलफल चलिरहँदा नेकपा माओवादी केन्द्र‚ नेकपा एकीकृत समाजवादी‚ राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदले एमसीसीको विरोधमा बोले । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल‚ माओवादीका गिरिराजमणि पोखरेल‚ एमाले नेता भीम रावल‚ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरूले विरोधको स्वर बोलेका थिए । तपाईं–हामी भेडाबाख्रा हैनौं : झलनाथ खनाल सम्झौताको […]
प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
काठमाडौं । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि १५ फागुनसम्म) ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको ६.४३ प्रतिशत मात्रै हो […]
डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा […]
विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । […]
काठमाडौं । मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । गत बुधबार मात्रै १७ वर्षीया एक बाल गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए । ‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका […]