होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र […]
काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए । ‘५ […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमा फसेका ५३३ जना नेपालीलको उद्धार गरिएको बताएका छन् । मन्त्रालयमा सोमाबर पत्रकार सम्मेलन गर्दै उनले रुस र युक्रेनबीचको युद्धका कारण समस्यमा परेका नेपालीहरूको उद्धार गरिएको जानकारी दिए । मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खलबल्याउने पनि बताए । नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर युक्रेनको पक्षमा वक्तव्य निकालेको […]
पर्वत – नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि […]
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो । मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको […]
धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।मोहनापुल-अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा […]
काठमाडौं, २३ फागुन । अभिनेत्री पूजा शर्माको पुराना साथीहरु उनीबाट टाढिन थालेका छन् । पल शाह प्रकरणमा विवादमा परेपछि उनको फलोअर घट्न थालेका छन् । सामाजिक सञ्जालमा पूजाका फलोअर घटिरहँदा कतिपय अभिनेत्रीहरुले साथीको लिष्टबाट समेत हटाएका छन् । पूजा भने पल प्रकरणबाट करोडौं रकम कमाउन सफल भएकी छिन् । उनले बनाएको चलचित्र म यस्तो गीत […]
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको कागजपत्र अध्ययन गरिरहेको बताएको छ ।वैशाख ३० मा हुने निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । तीमध्ये ७२ वटा दलले ७७ जिल्लामै निर्वाचनमा सहभागी हुने गरी दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता […]
काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् […]
साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ । फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओमप्रसाद यादवले […]
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा […]
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ […]
धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो। केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन […]
धनगढीः कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ पटेलामा निर्माण पूरा भएको संग्रहालयको भवन प्रयोगविहीन जस्तै छ। थारु समुदायका परम्परगत बस्तुहरु संग्रहालयमा राखिने […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको बताएका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उच्च स्तरीय भ्रमण हुन लागेको जानकारी गराएका हुन् । यद्यपि उनले कसको भ्रमण हुन लागेको भन्नेबारे खुलाएनन् । मन्त्री खड्काले अहिलेको सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि दावी […]
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य […]
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए । अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए । बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ । गएराति […]
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको कालापत्थरतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट उनले जलवायु परिवर्तन र महिला हिंसाविरुद्ध सम्बोधन गर्ने कार्यक्रम छ । अधिकारकर्मी बन्दना राणासँगै सोमबार बिहान लुक्ला पुगेकी मनिषा कालापत्थर पुग्ने जनाइएको छ । ‘साथसाथै’ अभियानले कालापत्थरमा आयोजना गरेको अभियानमा भाग लिन मनिषासहित ४० जनाको महिला टोली […]