होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ । निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक रायमाझी हुन् । फस्टलुक […]
काठमाडौं, फागुन २५ । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
नेकपा (एमाले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात […]
कलाकार, प्रेमिका, मिस नेपाल, छोरी र मान्छे । यी सबै आयामको आँखीझ्यालबाट हेर्दा सृष्टिको निष्कर्ष छ- श्वासलाई महसुस गरौं । यही नै जीवनको वास्तविक खुसी हो ।’ ‘यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्…’ भूपि शेरचनको अर्थपूर्ण कविता ‘चिसो एस्ट्रे’का पंक्तिसँग उनको जीवन […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् । बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ […]
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो । सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा […]
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
जेनेभा — युक्रेनमा रुसले आक्रमण सुरु गरेयता २० लाख सर्वसाधारणले देश छाडेका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका अुनसार विस्थापितहरू पोल्यान्ड, हंगेरी, स्लोभाकिया, मोल्दोभा, रोमानिया पुगेका छन् । कम्तीमा १२ लाख ४० हजार जना छिमेकी देश पोल्यान्ड पुगेको जनाइएको छ । त्यसैगरी, १ लाख ९१ हजार जना हंगेरी पुगेका छन् । १ लाख ४१ हजार स्लोभाकिया, ८३ हजार मोल्दोभा […]
स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो । छात्राबासका वार्डेनले […]
पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममकाबीच अवार्डको जानकारी गराइयो । नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने उद्देश्यले सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको यो बर्ष २०२२ जुलाई ३ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी […]
काठमाडौँ — ज्येष्ठ नागरिकको सम्पत्ति हस्तान्तरणका लागि ‘इच्छापत्र’ को व्यवस्था गर्न राष्ट्रिय समावेशी आयोगले सरकारलाई सिफारिस गरेको छ । पैतृक सम्पत्ति हात पार्ने लोभमा बाबु–आमालाई हेला गर्ने प्रवृत्ति देखिएको भन्दै आयोगले उनीहरूको संरक्षणका लागि पहल थालेको हो । आयोगले ‘ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानुनी व्यवस्था, त्यसको कार्यान्वयनको अवस्थासमेतको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन–२०७८’ मा यस्तो सिफारिस गरेको […]
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा […]
धनगढीः आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३९ स्थानीय तहलाई एकीकृत […]
पाल्पा – लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट […]
आज हामी ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छौँ । मार्च ८ को नारी दिवस मनाइरहँदा हामी आजको दिन नै लैंगिक समानताको व्यापक पैरवी गर्छाैं । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक पनि बनाउँछौँ । महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको एक शताब्दी भइसक्यो । […]
काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् २०२२ को […]
सुर्खेत,मुगु — हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको जाङ र हल्जी गाउँमा दुई आधारभूत विद्यालय छन् । विद्यार्थी नै नभएपछि गत वर्ष तिलगाउँको आधारभूत विद्यालय बन्द भयो । दुई विद्यालयमा करिब एक सय विद्यार्थी छन् । जहाँ कहिल्यै विद्यार्थीलाई किताब पुग्दैन । सिमकोटबाट लिमी जान झन्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेक पार गर्नुपर्छ । भारी हिमपातका कारण झन्डै ६ […]
काठमाडौँ — स्थानीय तहले पाएको माध्यमिक शिक्षासम्मको अधिकार खोस्ने गतिविधि नगर्न विज्ञहरूले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् । संविधानले नै स्थानीय सरकारलाई दिएको अधिकार कटौती गर्दा संघ र प्रदेशबीच द्वन्द्व बढ्ने तथा त्यसको असर शिक्षा क्षेत्रमा पर्ने उनीहरूले बताएका छन् । शिक्षा मन्त्रालयले फागुन दोस्रो साता शिक्षक महासंघसँग स्थानीय तहको अधिकारको एकल सूचीमा […]