होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुहुने भएको हो । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा […]
लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो […]
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो । […]
काठमाडौँ — सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए । यस्ता छन् […]
ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली काँग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । […]
काठमाडौा — धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले […]
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४७४ मत […]
नागरिक रैबार/बाजुरा,११ जेष्ठ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि घटाउन माग गर्दै नेकपा एमाले बाजुराका भातृसंगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्री परिषद कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार अखिल नेपाल महिला संघ,नेपाल खेलकुद महासंघ, अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराले संयुक्त ध्यानाकर्षण पत्र जारी गरी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत बुझाएको नेपाल खेलकुद महासंघका सचिव […]
सुनसरी — एक वर्षअघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ मंगलबार त्यही प्रवेशद्वार उनकै स्वागतका लागि सजाइएको थियो । बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो ।निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । […]
काठमाडौं– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण ‘अन्तरघात’ भएको ‘प्रारम्भिक निष्कर्ष’ निकालेको छ।बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा […]
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ । बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो । […]
विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टिकरण दिएका हुन् । […]
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था नरहेको भन्दै […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे […]
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका […]
काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो । प्रि-रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए । […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो […]
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्।बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्। ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन […]
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ । साहको एमालेबाट मेयर पदका उम्मेदवार […]