होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम […]
सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न […]
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्यांकन र अनुगमन भ्रमणमा मात्रै करिब ३९ करोड रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्ममा पदाधिकारीको बैठक भत्ता, पदाधिकारीको […]
१९ साउन, राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना […]
काठमाडौंः सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन्। सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा […]
काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो । उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले भने ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच […]
नागरिक रैबार/ १८ साउन बाजुरा । बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षका छोरा क्यान्सर पिडित सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । सदरमुकाम मार्तडीमा सहयाेगकाे लागि गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन […]
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराबाट एकै दिन दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ४ दिन देखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ र मंगलबार देखी सुत्केरी ब्यथा लागेकी बुढिनन्दा नगरपालिका वडा न २ की मनु रेग्मी पाध्यायको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले […]
एजेन्सी, १८ साउन । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले ताइवान टेकिन् । गएराति ताइवान पुग्दा उनको भव्य स्वागत भएको थियो । ताइवानकी राष्ट्रपति साइ इंगवेनसँग भेटवार्ता गरी अमेरिकाको […]
नागरिक रैबार/बाजुरा १८ साउन।बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले अवरुद्ध साँफे-मार्तडी सडक एकहप्ता भित्र संचालनमा ल्याउने बताएका छन् । मंगलबार कन्सन बाजुरामा सडक विभाग र अम्कोट बासीसंग सडक खुलाउने विषयमा राखेको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले वर्षेनी साँफे-मार्तडी सडक अन्तरगत बल्दे दवारीको सडक पहिरोका कारण अवरुद्ध हुँदै आएकोले यसको विकल्पका रुपमा कन्सन […]
काठमाडौं, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशीको कटान प्रभावितलाई उद्धारको लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । खाँणले उदयपुरको बेलका नगरपालिका–१,२,८ र ९ मा सप्तकोशीले कटान गर्न थालेपछि उद्धारको लागि तयार हुन निर्देशन दिएका हुन् । कोशीको बहाव बस्तीमा पसेपछि उक्त क्षेत्रका बासिन्दाहरुलाई स्थान्तरणको प्रयास थालेको छ । खाँणले नेपाली सेनालाई राहत […]
रुपन्देहीमा वैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ। तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन्। तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार […]
१८ साउन, विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् । बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् । श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित […]
काठमाडौं । सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् । […]
नागरिक रैबार/बाजुरा १८ साउन। सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापालाई पितृ शोक परेको छ । थापाका पिता जयविर थापाको मंगलबार दिउसो ६९ वर्षको उमेरमा निधन भएको हो । कलाकार थापाका पिताको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा निधन भएको हो । मालिका माविका शिक्षक समेत रहेका कलाकार थापा स्वर्गीय जयविर थापाका तेस्रो सन्तान हुन् । […]
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे । […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो । छोटो […]
सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका […]