होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ । निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो । प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय […]
सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन […]
प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले बताए । गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ । प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ । प्रहरीले जिप ५० […]
बाजरा । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बाजुरा जिल्लाबाट डा. अंगराज तिमिल्सिना उम्मेदवार बन्ने चर्चा चलेको छ । विद्यार्थी कालमा नेविसंघमा रहेर काम गरेका तिमिल्सिना चुनावको घोषणा संगै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलेको हो । बाजुराको जनप्रकाश माविबाट एसएलसी पास गरेका डा. तिमिल्सिना अमेरिकाको ¥यान्ड ग्रयाजुयट स्कुलबाट अर्थशास्त्रको नीति विश्लेषणमा विद्या […]
काठमाडौँ — कान्तिपुरकर्मी अब्दुल्लाह मियाँ सम्मानित भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मियाँसहित ४ जना पत्रकारलाई सम्मान गरेको हो । प्राकृतिक स्रोतको अधिकार, संरक्षण, व्यवस्थापन र सामुदायिक वनका अभ्यासहरूलाई सञ्चारमार्फत उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मियाँसहित नेपाल टेलिभजनका रामप्रसाद भण्डारी, जनता टेलिभजनका टंक पन्त […]
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी […]
आफू अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । बागलुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई […]
काठमाडौँ — नेपालमा एकै दिन १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । […]
काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो । अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ […]
नागरिक रैबार/ २४ साउन बाजुरा । राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे ईञ्चार्जमा डेनिस शाही चयन भएका छन्। राष्ट्रिय युवा संघ नेपाल नवौं महाधिवेशन आयाेजक कमिटीकाे दोस्रो पुर्ण बैठक बाट राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्लाको ईञ्चार्जमा शाहीलाइ जिम्मेवारी दिएको हो। जिम्मेवारी पाएसँगै शाहीले थप जिम्मेवार भएर काम गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल बाजुरा […]
काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची
धेरै पातलो कपाल भएका मानिसहरूलाई कुनै पनि प्रकारको हेयरस्टाइल बनाउन समस्या हुन्छ । पातलो कपाललाई बेस्सरी बाँध्दा टाउकोको छाला नै देखिन्छ । यदि तपाईं पनि आफ्नो पातलो कपालबाट हैरान हुनुहुन्छ भने यसको उपचार सम्भव छ भन्ने पनि बुझ्नुहोस् । कपाललाई घना र मोटो बनाउनका लागि तपाईं प्याज प्रयोग गर्न सक्नुहुन्छ । प्याजका थुप्रै फाइदा छन् […]
आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव […]
काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् । न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा […]
पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल […]
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘अहिले […]
नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा […]
धनगढी । कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ ।सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार […]
काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो […]
काठमाडौं । असमान ढंगले तलवमान निर्धारण गरिएको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् । हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् । उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार […]