होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ साउन, काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका अन्य सामग्रीमा भने विविधता छ । कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चुलिएको लेखेको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र […]
५ साउन, काठमाडौं । आज आइतबार प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन् । अन्नपूर्ण पोष्टले मात्र राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ । सरकारले प्रतिवन्ध लगाए पनि विप्लव समूहले युद्धकालीन सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको छ । अन्य दलजस्तो विधानका आधारमा निश्चित समयका […]
१ साउन, काठमाडौं । आज पत्रिकामा फरक-फरक समाचार प्रकाशित भएका छन् । कान्तिपुर दैनिकमा असार महिनामै साढे २ खर्ब बजेट सरकारले सकेको समाचार छ । नागरिक दैनिकमा सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई सरकारले नयाँ गाडी उपलब्ध गराएको समाचार छ । मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ भएको […]
२९ असार, काठमाडौं । आजका पत्रिकाहरु पनि बाढी, पहिरो र डुबानकै समाचारमा केन्द्रित छन् । तर नेपाल साप्ताहिकमा भने हाई-प्रोफाइल व्यक्तिलाई अदालत र अख्तियारले संरक्षण गरिरहेको कभर स्टोरी छ । समाचारमा अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ । समाचारमा लेखिएको […]
२६ असार, काठमाडौं । भोजपुर भिडन्त र विषादी परीक्षणबारे सर्वोच्चले दिएको अन्तरिम आदेश आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक ‘असारे विकास’, बाढीपहिरोको जोखिम, सरकारी अस्पतालको बेथितिलगायत विषयमाथि पनि पत्रिकाहरूले नजर लगाएका छन् । कान्तिपुरले ‘सँगै चियापान, अनि गोली हानाहान’ शीर्षक दिएर भोजपुर घटनाबारे मुख्य समाचार बनाएको छ । सँगै चियापान गरेका […]
१३ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा एसईई नतिजा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमाथि आजका दैनिक पत्रिकाहरुले आलोचनात्मक नजर लगाएका छन् । कान्तिपुरले ‘सामुदायिक अझै कमजोर’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश […]
काठमाडौं । गुठी विधेयक आज पनि मुख्य दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, यातायातमा गरिएको भाडा वृद्धि र फिर्ता, ओम अस्पतालको लापरबाहीलगायतका विषयलाई पनि आजका पत्रिकाहरुले प्राथमिकतापूर्वक छापेका छन् । साथमा केहीले वायुसेवा निगमलगायतको बेथिति पनि आज खोतलेका छन् । नयाँ पत्रिका दैनिकले नेपाल वायुसेवा निगमभित्रको बेथितिबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, […]
काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ । नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड […]
धनगढी– बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ । ललाइफकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया बालिकालाई करणी गरेको जाहेरी परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
काठमाडौं– नेपाली सेनाको सहायक रथी निरञ्जनकुमार श्रेष्ठलाई उपरथीमा बढुवा गर्न सिफारिस गरिएको छ । बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षमा बसेको ‘बोर्ड’ बैठकले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बलाध्यक्ष रथी गिरीको बोर्ड बैठकले गरेको सिफारिस प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वीकृत गरिसकेका छन् । बेलायतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा गरेका श्रेष्ठ हाल […]
राजविराज– राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंगेहात पक्राउ गरेको हो । कार्यालय खुल्ने समयभन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० […]