होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १५ जेठ। बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले भारतबाट आएका बाजुराबासीलाई कोरोना परिक्षण विना घर पठाएकोमा आपत्ति जनाएका छन् । मेयर गिरीले विहिबार नागरिक रैबारसंगको कुरा राख्दै भारत तथा नेपालका विभिन्न ठाउँबाट बाजुरा भित्रिने नागरिकहरुलाई सुदूरपश्चिम सरकारले उनीहरुको कोरोना परिक्षण नगरेर सिधै घर पठाएर ठुलो गल्ति गरेको आरोप समेत लगाएका हुन् । कोरोना […]
टोप प्रकाश वि.क./टीकापुर, जेठ १४। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सात पहाडी जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश अध्यक्ष अर्जुन शाहको नेतृत्वमा सातवटै जिल्लामा पुगेको टोलीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्र्तक्रियाका क्रममा सञ्चारकर्मीहरुले कोरोनाको महामारी रोक्नका लागि भैरहेको लकडाउनका कारण पत्रकारिता निकै समस्या […]
१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन […]
१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल दलित विद्यार्थी संघले प्रदर्शन गरेको हो । उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीचिक आडमा घटनालाई नछाड्न समेत माग गरेका छन् ।
काठमाडाै : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार नेता श्रेष्ठले कम्तीमा एक वर्षका लागि भए पनि कोष खारेज गर्नुपर्ने उल्लेख गरेका हुन्। उनले उक्त कोषमा भएको रकम रोजगारी क्षेत्रमा लगाई राष्ट्रिय लगानी गर्नुपर्ने बताएका हुन्। उनी राष्ट्रिय सभा सदस्यसमेत हुन्। उनले भनेका […]
अर्घाखाँची : क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु […]
काठमाडौं – कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क […]
१२ जेठ, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना […]
गगन अयडी/धनगढी ,१२ जेठ।त्रिवेणी नगरपालिका बाजुराले विदेश तथा जिल्ला वाहिरबाट आएका जो कोहिले पनि क्वारेन्टाइनमा बस्न अटेरी गर्ने लाई नगरपालिका बाट दिइने सेवा सुविधा बाट बन्चित गरीने लगाएतका निर्णय गरिएको छ । नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बिदेश तथा जिल्ला बाहिर बाट आउने व्यक्तिहरुलाई अलग खान […]
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना देशबासीहरुलाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
काठमाडौं । प्रदेश २ को बारा र रौतहट जिल्लामा एकै दिन ४९ जना कोरोनभाइरस संक्रमित थपिएका छन् । सोमबार रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, […]
धनगढी : कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ। मन्त्रालयले शनिबार साझ ५ बजे जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो। मन्त्रालयले संक्रमितको संख्या गलत दिएपछि सुदूरपश्चिममा त्रास समेत फैलिएको छ। मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना […]
रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन्। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ। हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट […]
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ। आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले नाकामा स्वास्थ्य परीक्षण गरेर भारतबाट फर्किनेहरुलाई भित्र्याउने व्यवस्था […]
धनगढी : विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उलेख्य भूमिका खेल्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम सरकारले आवश्यक समाग्री खरिदको प्रक्रिया थालेको छ। सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ढिलै भएपनि कोरोना भाईरसको परीक्षणका लागि आवश्यक पर्ने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया सुरु गरेको हो। केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र […]
९ जेठ, काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश […]
दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट […]
लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश […]