होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ। स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो। स्वास्थ्य चौकीले आज सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म […]
पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ । जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, […]
काठमाडौं : विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन। कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले […]
अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि […]
जाजरकोट : अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्। सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गुजारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरू विस्थापित भएका हुन्। […]
धनगढी, २६ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुमको सोतीगाउँमा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धनगढीमा विशाल शक्ति प्रदर्शन गरेका छन् । कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन गरी हत्यारामा संलग्नहरुलाई हदैसम्मको कारबाही मृतक परिवारलाई उचित क्षतिपुर्ति र घाईतेहरुको उपचारको माग गर्दै कैलालीको १३ वटै स्थानीय तहका २०० जनाले टिकापुरदेखी धनगढीसम्म […]
काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो तथ्यांक नुसार त्यहाँ २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन्। अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ७ लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन्। त्यहाँ १९ हजार ९ सउ २३ जनाको अवस्था […]
जेठ २६ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। थाहाखबरबाट
काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी […]
काठमाडौँ — सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता […]
२५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
नागरिक रैबार बाजुरा २४ जेठ । साहित्यकार रिता शाहीको पहलमा बुढीगंगा नगरपालिकाका विपन्न १४ परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ । साहित्यकार शाहीकाे पहलमन बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत वितरण गरिएको हाे । सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोगमा विपन्न परिारलाई खाद्यान्न वितरण गरिएको […]
नागरिक रैबार बाजुरा २४ जेठ बडीमालिका नगरपालिका २ भाैनेराबाट ८ ताेला सुन र ३८ सय नगद सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । शनिवार जिल्ला प्रहरी कार्यालय बाजुराकाे एक टाेलीले बडीमालिका नगरपालिका २ भाैनेराबाट बुटवल घर भई अछामको साँफेवगरमा होटेलमा काम गर्ने राजु श्रेष्ठलाई अाठ ताेला सुन र ३८ सय नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी […]
काठमाडौं २३ जेठ। सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]
नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् । एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज […]
काठमाडौं — मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् […]
धनगढी : सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ। धनगढीमा गरीएको परीक्षणमा पुष्टि भएका व्यक्तिको ठेगाना खुलाईएको छैन्। सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र […]