होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ६ असोज । आज सामाजिक सेवा दिवस मनाइँदै छ ।‘आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । ४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ ।समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरूको अनुगमन, मूल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको […]
काठमाडौं ६ असोज । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद […]
काठमाडौं – प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा लेखिएको छ । तर, राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित या मनोनयनबाट संसद् भएको हकमा के हुने भन्ने विषयमा बहस […]
काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ । भारतले […]
काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको […]
गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको […]
काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतबारसम्म सरेको छ। शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको […]
काठमाडौं, १ असोज । आज आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदै छ ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय […]
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]
नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा […]
प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप, शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी, मानव अधिकार आयोगको चासो मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका धनगढीका दलित युवकको जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको छ । प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप छ भने शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी छ । धनगढी–५ का १९ वर्षीय रोशन विकलाई मोबाइल […]
काठमाडौ २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित […]
राजधानी काठमाण्डाैबाट प्रकाशित हुने दैनिक पत्रिकामा के-के छापिए आजका पत्रपत्रिकाका (फ्रन्टपेज हेर्नुहोस)
काठमाडौं, २८ भदाै । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज पाँच वटा प्रदेशमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे जानकारी दिएकाे छ […]
न्युयोर्क : जापानकी चौथो वरीयताकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का अमेरिकन (यूएस) ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। न्युयोर्कमा शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई र अजारेन्काले पनि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। सन् २०१८ की विजेता ओसाकाले ब्राडीलाई ७–६ (७–१), ३–६, ६–३ […]
सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका-७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १७ जनाभन्दा बढी बेपत्ता भएको र १ जनाको शव भेटिएको स्थानीयले जानकारी दिएका छन्। स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा […]
धनगढीः शनिबार सुदूरपश्चिमका पाँच सय बढि व्यक्ति भारतबाट फर्किएका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट गरी पाँच सय ७ जना नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले गड्डाचौकी नाकाबाट एक सय दुई जना र गौरीफन्टाबाट चार सय पाँच जना स्वदेश फर्किएको जानकारी दिए। यस्तै प्रहरी नायब उपरिक्षक […]