होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने […]
‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा […]
नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो । मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत […]
काठमाडौँ — संविधान र कानुनलाई कुल्चिँदै स्वेच्छाचारी निर्णय गर्दै हिँडेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बहिर्गमनको आक्रोश सर्वोच्च अदालतमाथि पोखेका छन् । संविधानका धारा कुल्चेर पटकपटक जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा विघटन गरेका उनले स्वेच्छाचारी कदममा रोक लगाएबापत अदालतप्रति गम्भीर आरोपहरू लगाएका छन् । उनले सर्वोच्च अदालतले संविधानको अपव्याख्या गर्दै ‘संविधान नै संशोधन’ गरेको आरोप लगाए ।‘निश्चित व्यक्तिका निश्चित […]
बलिउडका नायक साहरुख खानको सन् २०१८ पछि नयाँ चलचित्र रिलिज भएको छैन । साहरुखले नयाँ चलचित्र ‘पठान’मा काम गरिरहेका छन् । तर, अझै पनि यो चलचित्रको आधिकारिक घोषणा गरिएको छैन । भारतमा दोश्रो चरणको कोरोना लहरका कारण यो चलचित्रको घोषणा हुन नसकिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।यसैविच, साहरुख खानले बलिउडमा प्रवेश गरेको २९ बर्ष […]
‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट हो यो । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगसहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ । हालै […]
साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् । साउन […]