होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सिन्धुली । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
काठमाडौँ — नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नयाँ समिति निर्वाचित भएपछि काभ्रेको धुलिखेलमा बसेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । महासंघसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको […]
काठमाडौं : सर्वोच्च अदालतले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। गत माघ २८ गते रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को दिन भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख […]
काठमाडौं– आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काेका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय […]
तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । […]
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् । भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरेका हुन् । ‘शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई […]
काठमाडौं : सरकारले भूमिसम्बन्धी अध्यादेश लगायतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने दाबी गरेका हुन्। भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे […]
काठमाडौँ । विभिन्न सहकारी बचत रकम अपचलन गरेको आरोपमा मुद्दा झेलिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पार्टीको सक्रिय जिम्मेवारीमा फर्किनेबारे अन्योल देखिएको छ । लामिछाने सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका थिए । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ । यद्यपि […]
बैतडीः बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते भएकी छन्। जिल्लाको पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधबार बिहान विद्यालय आउने क्रममा भीरबाट लडेर घाइते भएकी हुन्। पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेकी विद्यालयका प्रधानाध्यापक […]
काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर […]
धनगढीः कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्। ठकुरीलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।
हुम्लाः सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन।सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्। यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार […]
काठमाडौँ । नेकपा एमालेका महासचिव केही समययता सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । महासचिव पोखरेलले दैनिक जसो फेसबुकमा लेख्ने गरेका छन् । उनका कतिपय पोस्टहरू विवादित समेत बन्दै आएका छन् । बुधबार बिहान पनि पोखरेलले आफ्नो पेजमा तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु […]
धनगढी – नेकपा एमालेबाट विद्रोह गरेका डा. भीम रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’का साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन् । पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले रावललाई पुस १० गते पार्टीको सङ्गठित सदस्य नै नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले […]
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नै समितिको बैठक बस्ने भनिएपनि प्रतिनिधिसभा बैठकका कारण सो दिन बस्न सकेको थिएन । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, […]
काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । ६ […]
काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् । उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय […]
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि होटलमा बोलाएर कुटपिट र चक्कु प्रहार भएको छ । सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो । पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै […]