होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी […]
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही […]
काठमाडौँ मंसिर १०-पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज(मंगलबार) देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ । आउँदो २४ […]
विदुर– नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । वडाध्यक्ष शाहीका अनुसार ७ रोपनी जग्गामा ५ करोड […]
सर्वोच्च अदालतले संविधानको व्यवस्थामा अप्रत्यक्ष शब्दावलीको प्रयोग गरी स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक उपलब्ध गराउनु संविधानमाथिको जालझेल भएको व्याख्या गरेको छ । पदाधिकारीको पारिश्रमिक खारेज सम्बन्धी कात्तिक १ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको परिकल्पना विपरीत पारिश्रमिक दिनेगरी प्रदेशसभाहरुले बनाएका कानुनले बैधता नपाउने पनि ठहर गरेको छ । अप्रत्यक्ष शब्दावली तथा भाषाको प्रयोग गरी पारिश्रमिक […]
सुदूरपश्चिम प्रदेश सभाले माइक फेर्न पनि दाताको पैसा लिएको छ । सरकारले राखिदिएका हातेमाइक हटाएर युएनडिपीको पैसामा डिजिटल माइक राख्न राखेको हो ।प्रदेश सभा सचिवालयले सभामुख तथा प्रदेश सभा सदस्यको कुर्सीअगाडि राखिएका माइक फेर्न लागिएको जनायो । त्यस्तै, सभामुखको कुर्सीपछाडि र हल बाहिर भिडियो डिस्प्ले पनि युएनडिपीकै सहयोगमा राख्न लागिएको प्रदेश सभा सचिव रामसिंह धामीले बताए । युएनडिपीकै सहयोगमा […]
बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ। तीन जनाले दुई वडा र अन्य तीन जनाले […]
काठमाडौं । दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको राजनीतिक नक्सामा समावेश भएपछि नेपालमा विरोध भइरहेको छ । सरकारले पनि कालापानी नेपाली भूमि भएको बताइसकेको छ । तर, सीमाक्षेत्रको रक्षा गर्ने जिम्मा पाएको अर्धसैन्य सुरक्षा फौज सशस्त्र प्रहरी बल भने ती स्थानमा पुग्न सकेको छैन । सशस्त्रको टोली नं. ५० गुल्म हेडक्वार्टर सदरमुकाम खलंगामा छ । […]
४ मंसिर, काठमाडौं । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]
काठमाडौं : पत्रकार खेम भण्डारी जेल चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतको असार ३० गतेको फैसला अनुसार ‘तुच्छ सजाय’को जेल भुक्तान गर्न भण्डारी जेल गएका हुन्। जिल्ला अदालतका तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई […]
कञ्चनपुर: कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्। जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार भण्डारीलाई अदालत परिसरबाट पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेर अघी मात्र कारागार चलान गरिएको दिनेश खबरलाई जानकारी दिए। निर्मला हत्या प्रकरणमा भण्डारीले सञ्चार माध्यमबाट जथाभावी […]
काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’मा परेको […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट मात्रै खर्च गरेको छ। विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरिएपनि प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो। चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो […]
काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको […]
काठमाडौं- आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । दिवसकोअवसरमा आन्तरिक राजस्व विभागले आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ। हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको विभागल जनाएको छ […]
धनगढी – धनगढी विमानस्थल १ महिनाको लागि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ । आजदेखि दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने भएको छ । धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिका लागि धनगढी विमानस्थल मंसिर १ गते देखि एक महिना बन्द हुने भएको हो । गत जेठमा १८ सय […]
चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ। अधिकारीहरूले आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको बताएका छन्।अन्वेषणका लागि झन्डै ४० वर्ग […]
काठमाडौं- प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन्। सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई स्थानीय तहका कर्मचारी हुने प्रस्ताव गरेको छ। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललीपप […]
अत्तरिया – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ वटा रिक्त वडाध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी परेको छ । सुदूरपश्चिममा बाजुराको त्रिवेणी नगरपालिका –१, डोटीको आदर्श गाउँपालिका २, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुचौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका१ र दोगडाकेदार गाउँपालिका ४ मा रिक्त वडाध्यक्ष पदका लागि उम्मेद्धारी परेको छ । बाजुराको […]
बैतडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। बलात्कारको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय सोबी चन्द र सोही ठाउँका ५१ वर्षीय रामी लुहार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार गत कार्तीक २६ गते मेलौली जात्राबाट घर जाने क्रममा राती […]