होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसंगै सुदूरपश्चिममा पनि तयारी थालिएको हो। सुदूरपश्चिममा रहेका सबै यातायात प्रालिबिच यातायात सञ्चालनको विषयमा छलफल भईरहेको सुन्दर सुदूरपश्चिम यायता […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उनले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताए । […]
गत असार २९ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्राकृतिक प्रकोप, राहत तथा उद्धार लगायतका विषयमा भएको छलफलमा अधिकांश सांसदको भनाइ एउटै थियो, ‘गाउँघरमा डोजर इन्जिजिनयरले विकास गर्न थाले । विकासका नाममा जथाभावी मुसाले कोतरे जसरी पहाड कोतरेर सडक बनाउन थाले । यसले बाढी र पहिरोको जोखिम बढायो ।’ सांसदहरुले जुन तर्क गरेका छन्, […]
धनगढी : सुदूरपश्चिममा आज ३२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा, धनगढी र शिक्षण अस्पतालमा भएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका चार जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले […]
काठमाडौँ — मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् […]
काठमाडौँ — पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल मुलुकभर २१ हजार ७ […]
६ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले दोस्रो […]
चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण […]
६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको छ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै […]
नागरिक रैबार/बाजुरा ६ साउन। पूर्वप्रधानमन्त्री तथा जननायक वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले वृक्षारोपण गरेर मनाएको छ । मंगलबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंडित सहितका नेता तथा कार्यकर्ताहरुले बडीमालिका नगरपालिका ८ राप्कमा मयुरपंख्खीका विरुवाहरु रोप्दै विपीको ३८ औं स्मृति दिवस मनाएका हुन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको दावी गरे । नेकपाभित्रको विवादका कारण यसअघि पटक […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए […]
काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । ‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म […]
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको घरभित्रबाट शव निकालिएको छ […]
काठमाडौँ — स्कुले सहपाठीले कहिले बाटैमा किताब फ्याँकिदिन्थे, कहिले कुटपिट गर्थे । अप्ठ्यारो पार्ने र दुःख दिने नियतले कहिले त किताब मन्दिरभित्रै राखिदिन्थे, जहाँ उनका लागि प्रवेश निषेध थियो । प्राथमिक शिक्षा लिने क्रममा कैयौं यस्ता व्यवहारका कारण उनले मानसिक यातना सहे । सहपाठीबाटै निरन्तरको हिंसाले टिक्न सकेनन् । अन्ततः घर नजिकैको प्राथमिक विद्यालय छाडेर टाढाको विद्यालय धाउन बाध्य […]
सुदूरपश्चिमका विभिन्न जिल्लाका १२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ गरी १२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बाजुरामा संक्रमण पुष्टि भएका ६ जना प्रहरी मध्ये तीन जनाको भने आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले […]
धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय (सँगै रहेका भवन) अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो । कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि […]
धनगढी : सुदूरपश्चिमका आधा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुइृ हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार […]
६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक […]