होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — चौतर्फी अविश्वासबीच कांग्रेस सभापति शेरबहादुर देउवा आगामी वैशाखमै प्रतिनिधिसभा निर्वाचन हुनेमा विश्वस्त छन् । ‘सर्वोच्च अदालतभन्दा जनता ठूलो अदालत हो’ भन्दै उनले पार्टीलाई निर्वाचनको पक्षमा रहेको सन्देश ‘जबर्जस्ती’ दिन खोजेका छन् । पार्टीभित्रै शीर्षस्थ नेताहरूले वैशाखमा निर्वाचन हुने देउवाको भनाइ पत्याइरहेका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने तर्क गर्दै त्यसपछि उत्पन्न हुने जटिल राजनीतिक […]
कोभिड–१९ को खोप कोभिसिल्डको पहिलो खेप भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । एयरइन्डिया, इन्डिगोसहित ९ एयरलाइनसबाट ५६.५ लाख डोज देशको अलग–अलग हिस्सामा पुणेको सीरम इन्सटिटयूटबाट पठाउने काम भइरहेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले आज दिल्लीसहति चेन्नई, कोलकाता, गुवाहाटी, शिलोङ, अहमदाबाद, हैदराबाद, विजयवाडा, भुवनेश्वर, पटना, बैंग्लुरु लखनऊ र चन्डीगढमा खोप पुग्नेछ […]
२८ पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् । भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले थप ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । प्रचण्ड […]
२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो । आइतबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि […]
धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे । उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ” अध्यक्ष […]
२६ पुस, सुर्खेत । सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् । घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षा शाखा अगाडि आमरणअनशन थालेका हुन् । हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक […]
२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]
२६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् । अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् । पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई […]
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री […]
काठमाडौँ — दुई छिमेकी देश भारत र चीनमा उत्पादन भएका कोभिड–१९ विरुद्धका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञले दिएका छन् । चीनको खोपले अन्तर्राष्ट्रियस्तरमा अन्तिम मान्यता पाइनसकेकाले भारतमा बनेका खोपको भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । ‘कोभिडविरुद्धको खोपका लागि हामीले भरोसा गर्ने एउटै सम्भावना भारतसँग छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, ‘सही तरिकाले प्रयास […]
निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य तिर्नुपरेको गुनासो आएको हो । बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम […]
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् । गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि केन्द्रित भयो । युवा संघको भेलामा उनले ‘एकपटक अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने’ भनी टिप्पणी गरे । ‘पोहोर, परार जागिर खाएको थिएँ र अहिले पनि […]
काठमाडौँ — अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भनेर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने पार्टीका नेताहरूलाई सचेत गराउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको पक्षमा अभिव्यक्ति दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडौंको नारायणथानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै । तस्बिरः रासस अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा सबै राजनीतिक दलले भाग लिने […]
२६ पुस,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका हुन् । प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र […]
२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ । इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो । हिमालय टेलिभिजनका अनुसार खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को […]
काठमाडौँ — पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो । पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई […]
काठमाडौं । नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै […]