होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको […]
धनगढीः माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्। तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको […]
दार्चुला र काठमाडौं — भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी […]
धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा सबैभन्दा ठूला पार्टी एकिकृत समाजवादी रहेको दाबी गरेका छन्। तत्कालिन सुदूरपश्चिमको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय समाजवादीले लिएको भन्दै सो कुरा प्रमाणित भएको उनले बताए। बिहीबार प्रादेशिक पार्टी कार्यालयको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो पार्टी रहेको र अझै ठूलो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका […]
धनगढी । गत मंगलबार टीकापुरमा धारिलो हतियार प्रहारबाट युवकको हत्या भएको घटना अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्याको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएपछि सीआईबीको टोली कैलाली जान लागेको हो । नेपाल […]
कैलाली: कैलालीका थप एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार उनको ज्यान गएको हो। मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका–५ का ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्। सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो। सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो।
बैतडी: अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो। जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिगास, शिवनाथ, सुर्नया, दोगडाकेदार […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ । हाल प्रदेश १ […]
डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि डडेल्धुरा आउने भएका छन्। जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल डडेल्धुरा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीका डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। एमाले डडेल्धुरा अध्यक्ष तारा जोशी लगायतका सिंगो टिम नै एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने धेरैले अनुमान गरेका छन्।
धनगढी: धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पु¥याउने बताए । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका […]
धनगढीः पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन्। […]
धनगढी : धनगढी बजार क्षेत्र भारतीय माग्नेहरुको अखडा बन्दै गएको छ। सडकमा हिँडिरहेका व्यक्तिमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे शरीरमै झुण्डिएर माग्ने बानी परेकाबाट धनगढीवासी आजित बनेका हुन्। झुत्रा कपडासहित एक /दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि शरीरमै झुन्डिएर आजित पार्न थालेका हुन्। भारतबाट परिवारसहित […]
धनगढी: नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका ११० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै ९ स्थानीय […]
धनगढी: नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच कैलालीमा विवाद भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सामान्य झडप भएको बताइएको छ। सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ। पार्टी कार्यालयमा दुवै पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव भएको र अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको […]
धनगढीः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ। नेपाल एयरलान्सका नायव महाप्रवन्धक गणेश […]
कैलाली । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्वीर सञ्चार माध्यममा हाल्दिनु पर्यो, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो । आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्वीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली […]
धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम प्रदेश ट्राफिक […]