होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो । ‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर […]
धनगढी: कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो। फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए। लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम […]
धनगढी : शनिबार धनगढीमा प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हुँदैछ। प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन भइरहेको हो। प्रदेश नेतृत्व पुरानै अनुमोदनको सम्भावना रहेको चौतारीका नेताहरुले बताएका छन्। प्रदेश अध्यक्षका लागि पूर्वअध्यक्ष कृष्ण ओली नै आकांक्षी देखिएका छन् भने महासचिवमा शिवराज भट्टकै सम्भावना बलियो देखिएको छ। यस्तै सचिवमा भने बिराज रोस्यारा आकांक्षी देखिएका […]
धनगढी : कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो। ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। ‘साहित्यको यस्तो कार्यक्रम भइरहदा […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत […]
धनगढी, १९ फागुन : कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण […]
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
धनगढीः एमसीसी परियोजना संसदबाट पारित भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्द गरेका हुन्। बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। धनगढीको मुख्य […]
धनगढी : एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै सुदूरपश्चिममा पनि यातायात लगायतका सेवा प्रभावित भएका छन्। सोमबार बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय-कलेज, बजार-व्यवसाय बन्द […]
डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा […]
धनगढीः धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो। पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता छ।
बझाङः बझाङको बुंगल नगरपालिका–४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छन्। फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन्। उनी त्यहाँ नपुगेको खबर पाएपछि स्थानीयले खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल बृद्धाको शव […]
बैतडीः नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ। शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहनुभएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक […]
सुन्सेरा, दार्चुला — जोखिमपूर्ण यात्राले सबैभन्दा बढी चर्चामा आउने महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल उद्घाटनको पर्खाइमा छन् । हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको छ । सरकारले […]
बैतडी: बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। बैतडीको कठ्पतेमा भूकम्पकको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म क्षतिबारे कुनै विवरण आएको छैन।