होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछामः सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताएका छन्। अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने बताएका हुन्। सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले […]
धनगढी: सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुन सकेको छैन। आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको सहज पहुँच हुनुपर्ने भएपनि सुरक्षित गर्भपतन सेवामा भने सबैको पहुँच पुग्न सकेको छैन। सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट महत्वपूर्ण भए पनि सुदूरपश्चिममा भने जनशक्ति अभाव छ। जसकाकारण जथाभावी औंषधि प्रयोगले महिलाको प्रजनन् स्वास्थ्य समस्या बढ्दो छ। सुदूरपश्चिम प्रदेशमा […]
बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ । बाजुराको बुढीगंगामा बिहीबार हुन लागेको पुन: मतदानका क्रममा खटिएका सेना, सशस्त्र प्रहरी र नेपाल […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
काठमाडौं । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ । […]
२० असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् । उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ […]
कैलाली: पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्। मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ। मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ। दुई महिनाअघि प्रतिलिटर ३५० […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेशसभा सदस्यहरुकै […]
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् । बजेटमा सरकारविरूद्ध […]
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बन्न […]
धनगढीः सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो। डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ। खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिए। ‘प्रदेशमै पहिलोपटक […]
धनगढीः सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने समयमा सुरु भइरहेको छ। यसबेला हुनसक्ने सम्भावित विपद्लाई लिएर सर्वसाधारणमा भने चिन्ता उत्पन्न भएको छ। यो समयमा विशेषगरी पहाडी जिल्लामा पहिरोको जोखिम बढी हुन्छ भने तराइका क्षेत्रमा डुबानको समस्या भोग्नुपर्ने हुन्छ। यसकै कारण सर्वसाधारण चिन्तामा छन्। तर, प्रदेश सरकारले […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् । […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ। प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो। बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन परिषद्को बैठकले सो कार्ययोजना पारित गरेको हो। कार्ययोजनामा प्रदेशमा यस वर्षको मनसुनका कारण कुल दुई लाख […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ। प्रदेशसभा सदस्यदेखि सर्वसाधारणले पनि प्रदेश बाहिरका योजना बजेटमा समावेश गरेको भन्दै सरकारको विरोध गरेका छन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि छलफल अघि बढ्न नसकेको हो । आर्थिक मामिला मन्त्रालयको अनुरोधका आधारमा बजेटमाथि छलफल गर्न ८ असारमा सभामुख अर्जुनबहादुर थापाले […]
धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ। नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका […]
डेल्धुराः डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो। मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा […]
धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशको मौसम बद्ली भई पहाडी क्षेत्रमा वर्षा भएको छ। मौसमविद् सजिना शाक्यका अनुसार पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको हो। प्रदेशमा अझैँ मनसुन सक्रिय नभएको र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा भएको उनले बताइन्। त्यस्तै, आज लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। कर्णाली प्रदेशको पनि मौसम बद्ली […]