होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बला’त्कारको आरोप लागेको छ सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बिबिसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् […]
म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बझाङः बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरिएको छ। (हिजो) वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता गरिएको हो। पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको छानामा लिएर २०७९ वैशाख १६ गते बलात्कार गरेको […]
अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ । स्थानीयको बिहे […]
काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर अदालत बुझाइएको छ । अनलाइन खबरबाट
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र […]
चितवन । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ । विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र […]
काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका-७का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भई भक्तपुर बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भई भक्तपुर बस्ने […]
काठमाडौंः छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन्। शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो। आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्। घटना […]
काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । […]
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका […]
धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा […]
झापा — श्रीमान्सँगको बिग्रँदो सम्बन्धका कारण धादिङकी मञ्जली (परिवर्तित नाम) बालखा छोरीलाई जेठाजुको साथमा छाडेर खाडी उडिन् । २०७२ मा जब विदेशबाट फर्किइन्, केही दिनभित्रै भूकम्पको सामना गर्नुपर्यो । गाउँको सानो घर भत्किएपछि बस्ने अवस्था भएन । छोरी च्यापेर काम खोज्दै राजधानी गइन् । केही दिनको बसाइपछि काठमाडौंमै भेटिए, दोलखाका पूर्णबहादुर जिरेल । एक्लो ज्यान र छोरीको भविष्य सम्झिएर उनले […]
धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको थियो । पाख्रिन […]
मकवानपुर — मकवानपुरको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ । विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
काँकडभिट्टा — १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् । ती […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो […]
कास्की — प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले […]