होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दशैंले सकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गरोस् : राष्ट्रपति भण्डारी
Breaking News

दशैंले सकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गरोस् : राष्ट्रपति भण्डारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दशैंले सकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गरोस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना दिँदै नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको अवसरमा दशैं मनाइने भन्दै उनले दशैंले जातिय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विवधताका विचमा सद्भाव, सहिष्ण्ुता र बन्धुत्वको भावना थप बलियो हुने कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘दशैंले हामी सबैमा नयाँ उत्साह‚ उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्वासका साथ कोभिड–१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु ।’

हेर्नुहोस शुभकामना सन्देशको पूर्णपाठ–

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको बडा दसैँ पर्वभित्र विशेष महत्त्व रहेको छ । वर्षाको हिलोमैलो पछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना‚ कृषि ‌औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ ।

यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय‚ भाषिक‚ भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा, बडा दसैँ पर्व, २०७८ ले हामी सबैमा नयाँ उत्साह‚ उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्‍वासका साथ कोभिड(१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु ।

धन्यवाद ।

२०७८ साल असोज २९ गते शुक्रबार ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार