होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा ५ हजारले जिते कोरोना
Breaking News

सुदूरपश्चिममा ५ हजारले जिते कोरोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा ५ हजारले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार महाकाली अस्पतालबाट ६, बझाङबाट पाँच, सेती प्रादेशिक अस्पताल र डोटीबाट दुई÷दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा पाँच हजार संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजारले कोरोना जितेका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका आँठ सय २०, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय ३४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

विज्ञापन

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। सुदूरपश्चिम प्रदेशमा बुधवार सम्म ६ हजार ६६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै