होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार
Breaking News

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

बच्चाको टाउको ठूलो रहेको र मुटुको धड्कन् सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । सडक पनि अबिरल वर्षाले क्षति गरेपछी हेलिकप्टर मार्फत उद्दार गरिएको धितालले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै