होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भ र नेपाली महिलाको अवस्था
Breaking News

अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भ र नेपाली महिलाको अवस्था

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भ र नेपाली महिलाको अवस्था

विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन। आज हरेक वर्षझैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस बनाइँदै छ। हरेक विषयसँग जोडिएको इतिहास हामीले बिर्सनुहुँदैन ।

श्रमिक महिलाहरुबाट सुरु भएको आन्दोलन ८ मार्चको मर्मलाई समाजवादी अग्रज महिलाले आत्मसात मात्रै गरेनन्, नेतृत्व नै गरेर अगाडि बढे । नेपालको सन्दर्भमा चर्चा गर्दा विशेष गरी वामपन्थी महिलाहरुले ८ मार्चलाई स्थापित गर्न नेतृत्वदायी भूमिका खेले । साधना प्रधान, सहाना प्रधान, मोतिदेवी श्रेष्ठ जस्ता कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका महिला नेताले ८ मार्चालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा स्थापित गरे ।

कुनै पनि आन्दोलन राजनैतिक दर्शनसंग अन्योन्याश्रित रुपमा जोडिएको हुन्छ । त्यसैको मार्गदर्शनमा जीवन र जगतलाई हेर्ने वर्गिय दृष्टिकोण पनि बन्दछ । ८ मार्च पनि समाजवादी आन्दोलनको जन्मसंगै स्पष्ट वर्गिय दृष्टिकोण वा माक्स्रवादी लेनिनवादी दर्शनलाई मानेर समाजवादी महिलाहरुले थालनी गरेको महिला आन्दोलन हो । यो आज क्रमश विश्वव्यापी बन्दै गएको छ भने महिलाहरुको संघर्ष र एकता पनि बलियो हुँदै गएको छ ।

विज्ञापन

८ मार्चलाई विश्वभरी विभिन्न महिला समुदायले अनेकौं रचनात्मक कार्यक्रमहरुका साथ मनाउँदै आएका छन । जुन वेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी गरियो त्यतिवेला महिलाहरुको समस्या जस्तो थियो आज पनि केही भिन्न तर मात्रात्मक रुपमा उस्तै उस्तै छन् त्यो घट्नुभन्दा पनि विभिन्न स्वरुपमा बढ्दै गएको छ । श्रमिक महिलाहरु अधिकारको पक्षमा जसरी आवाज बुलन्द गरेका थिए त्यसको सान्दर्भिकता वर्तमानमा अझ बढेको छ ।

२१औँ शताब्दीलाई विज्ञान प्रविधिका साथै महिलाको युग पनि भन्ने गरिन्छ । तर, हरेक परिवर्तन र विकासका सहयात्री महिलालाई लैंगिकताका आधारमा विभेद गरिनु अमानवीय मात्र होेइन, मानव विकासको क्रमलाई पनि पछाडि धकेल्नु हो । जस्तो मनुस्मृतिमा जहाँ महिलाको सम्मान, इज्जत हुन्छ त्यस परिवारमा ईश्वरको वास हुन्छ भनिएको छ ।

यस्तै, लैंगिक समानताको अध्ययनमा स्त्रीतत्व दर्शन, सामाजिक, राजनीतिक र सांस्कृतिक आन्दोलनले समान अधिकार र हैसियतमा संसारभरका महिलालाई सम्मानसाथ पुरुषसरह उभ्याएको छ । तर, स्त्रीतत्व दर्शनलाई कुनै एक मात्र दर्शनमा सीमित गरिनुहुँदैन । पुरुषशक्तिसँगै महिलाशक्तिको जग सामाजिक, राजनीतिक, आर्थिक शैक्षिक धरातलमा उभिएको हुनुपर्छ ।

किनभने महिला शक्ति र समाजको सिर्जना एक–आपसमा बाँधिएका हुन्छन् । मानव उत्पत्ति र विकासक्रमलाई नियाल्ने हो भने महिला दूरदृष्टिकर्ता, मानवस्रोतको विकासकर्ता र सामाजिक संरचनाको धर्ती हो भन्ने यथार्थलाई इतिहासले प्रमाणित गरेको छ । महिला र पुरुष श्रमिकका बीचमा हुने विभेदविरुद्ध नारा लगाएर मनाउनुपर्छ र वास्तविक श्रमिक महिलाहरुले आफ्नो पर्व हो भन्ने ठानेर आफ्ना मागहरु बुलन्द गर्न पाउनुपर्छ। समिक्षा बिष्ट बुढीगंगा नगरपालिका बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै