होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • डीएसपी भाट जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित
Breaking News

डीएसपी भाट जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डीएसपी भाट जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटलाई २०८३ साल जेठ महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” का रूपमा छनौट गरी एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।

डीएसपी उद्धब सिंह भाट जेठ महिनाको “Best Police of the Month” घोषित भएका हुन् ।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटलाई कदर-पत्र तथा पुरस्कार प्रदान गरिएको हो ।

विज्ञापन

डिएसपी उद्धब सिंह भाटले आफ्नो पदीय जिम्मेवारी उच्च मनोबल, लगनशीलता, अनुशासन तथा व्यावसायीक दक्षताका साथ उत्कृष्ट रूपमा सम्पादन गर्दै कार्यालयको आन्तरिक प्रशासन तथा कार्यालय व्यवस्थापनमा उच्च समन्वयकारी भुमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, इमान्दारी र उत्कृष्ट कार्यसम्पादनको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले उनलाई “Best Police of the Month” प्रदान गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार