होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • आज राति हुनेछ अत्यधिक उल्का वर्षा
देश/प्रदेश

आज राति हुनेछ अत्यधिक उल्का वर्षा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आज राति हुनेछ अत्यधिक उल्का वर्षा

सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ।ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए। आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले बताए।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन्। उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ। ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोकिएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार