होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने
Breaking News

परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने

नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ ।

एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

त्यस्तै निषेयिधत सामग्री ल्याइएको पाइएमा स्वयम् जिम्मेवार हुनुपर्ने र नियमानुसार कारवाही हुने इकाई प्रमुख हर्क बहादुर सिंहले बताएका छन् । त्यसैगरि परीक्षालाई थप प्रभावकारी, मार्यादित, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सञ्चालन गरि सम्पन्न गर्न सबैलाई अनुरोध गरेको छ ।

विज्ञापन

बाजुराबाट यस बर्षको एसईई परीक्षामा २ हजार ९ सय ३४ बिद्यार्थीहरु सहभागी हुर्दैं छन भने १५ ओटा परीक्षा केन्द्र तोकिएका छन् ।
May be an image of blueprint and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै