


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्।
बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्।
विज्ञापन


उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, निर्वाचन आचारसंहिता पालना गर्ने, धाँधली तथा अवाञ्छित गतिविधि अस्वीकार गर्ने र विवाद आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउन, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।
एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेकाे बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र वि.क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएका पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि र पत्रकार लगायत सहभागी थिए । कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा आयाेजना गरिएकाे थियाे ।


फेसबुक प्रतिक्रियाहरु