होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी–कोल्टी सडक ३ महिनादेखि अवरुद्ध
Breaking News

मार्तडी–कोल्टी सडक ३ महिनादेखि अवरुद्ध

  • नागरिक रैबार
मार्तडी–कोल्टी सडक ३ महिनादेखि अवरुद्ध

राजेन्द्र विक। बर्षा सुरु भएदेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड करिब ३ महिनादेखि सञ्चालनमा आउन सकेको छैन। ४२ किलोमिटर लामो यो सडक ठाउँ–ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको हो।

सडक बन्द भएपछि जिल्लाको पूर्वोत्तरी क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प छन्। यसले हुम्ला, मुगु, कालिकोटसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका चार पालिकाका स्थानीयलाई आवतजावतमा ठूलो कठिनाइ परेको छ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या सिर्जना भएको छ भने किसानहरू आफ्ना कृषि उत्पादन बजारसम्म पु¥याउन नसकेर मर्कामा परेका छन्। पाण्डुसैनका स्थानीय मोहन विकले बर्षेनी यसैगरी समस्या दोहोरिने तर समाधानको पहल नभएको गुनासो गर्नुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलका अनुसार सडक मर्मतका लागि पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरिए पनि बेवास्ता गरिएको छ।

सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनयापनदेखि आर्थिक क्रियाकलाप प्रभावित भएकाले तत्काल मर्मत गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार