होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु
Breaking News

खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु

  • नागरिक रैबार
खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु

नागरिक रैबार/बाजुरा १८ चैत। बाजुरामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्युु भएकाे छ ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आईतबार राति घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो ।

तत्काल स्थानीयहरुले हाेहल्ला गरेपछि छानोदेखि करिब १५० मिटर टाढा बालकलाई छोडेर बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बहादुर बाेहराले बताएका छन्।

साे घटनाकाे जानकारी पछि प्रहरी चाैकी माैरेबाट प्रहरीको टाेलि घटनास्थलमा पुगेको थियो । मृतक बालकको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार