होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • यात्रा
  • युवा नेता रोकायाको चेतावनीः ५ महिनाभित्र बेलिवृज नसारे युवा गएर भत्काउँछौ
यात्रा

युवा नेता रोकायाको चेतावनीः ५ महिनाभित्र बेलिवृज नसारे युवा गएर भत्काउँछौ

  • नागरिक रैबार
युवा नेता रोकायाको चेतावनीः ५ महिनाभित्र बेलिवृज नसारे युवा गएर भत्काउँछौ

नागरिक रैबार/बाजुरा १६ जेठ। नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव हरीबहादुर रोकायाले जढागांमा रहेको बेलिवृज ५ महिनाभित्र सार्न सम्वन्धित निकायलाई चेतावनी दिएका छन् ।

गाैमुल गाउँपालिकाका अध्यक्ष समेत रहेका रोकायाले शुक्रबार आफ्नो सामाजिक संचालमा स्टाटस लेख्दै सम्बन्धित निकायलाई ५ महिनाको समय दिईन्छ । तब सम्म पनि जडाङगाको बेलिब्रिज सार्ने काम भएन भने बाजुरेलि युवाको साथ लियर त्यो भत्काईन्छ । पक्का हो ल । उनले भनेका छन् ।

साँफे मार्तडी राजमार्ग अन्तरगत जढागांमा विगत ४ वर्षदेखि थन्किएको बेलिवृज सार्न निरन्तर सम्वन्धित निकायलाई आग्रह गरिएको थियो । तर पनि अहिलेसम्म बेलिवृज सार्न कहिँ कतैबाट बजेटको व्यवस्थापन हुन् सकेको छैन् ।

विज्ञापन

यो ठाउँमा पक्की पुल निर्माण भएर संचालनमा आएको र बेलिवृज प्रयोग विहिन भएपछि जिल्लास्थित सरोकारवाला निकायहरुले मार्तडी कोल्टी सडकको दानसाँगुमा सार्नका लागि सम्बन्धित निकायमा पटक पटक माग गरेका थिए ।
मार्तडी कोल्टी सडकको दानसाँगुमा पुल नहुँदा वर्षा याममा कोल्टीसम्म नियमित सडक संचालनमा समस्या हुने गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै