होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै
समाचार

कोल्टीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै

  • नागरिक रैबार
कोल्टीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै

नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ ।

जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना कोल्टीमा गरिने भएको हो ।

शिक्षा र जनचेतनाको विकास भएसँगै बाजुरा जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएका छन् ।

विज्ञापन

संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बाजुराका दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको हो ।

दलित समुदायको अधिकारका लागि र आन्दोलनलाई बलियो बनाउन अहिले विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन भइरहेका छन् । सोही अनुसार यहि जेठ २१ गतेका दिन बाजुराको कोल्टीमा दलितका लागि दलित अभियान नामक बृहत जागरण सभाको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिपक कडाराले बताएका छन् ।

कोल्टीमा पहिलोपटक हुन् लागेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा प्रमुख अतिथिका रुपमा दलितका लागि दलित अभिायनका संयोजक खगेन्द्र सुनार आउने भएका छन् ।

दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्यसहितका संयन्त्रहरुमा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्‌का लागि पनि यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक कडाराले बताए ।

कोल्टीमा हुने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा जिल्लास्थित ९ वटै पालिकामा दलित समुदायबाट विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने पूर्व मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि र दलित समुदायका बुद्धिजिवीलाई आमन्त्रण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै