होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
देश/प्रदेश

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • नागरिक रैबार
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए ।

उनीहरुको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शर्माले बताए ।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ । अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ ।

‘जिपमा ८ जना बालबालिकासहित २६ जना सवार थिए । तीमध्ये चार जनालाई चोट लागेको देखिन्छ । ती चारमध्ये दुई जनालाई बुटवल रिफर गरिएको हो,’ इन्सपेक्टर शर्माले भने ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खसेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि