होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण
देश/प्रदेश

बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण

  • नागरिक रैबार
बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण

नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लामा व्यवसायीक रुपमा कृषि पेशामा लागेका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराले राष्ट्रिय धान दिवसको अवसर पारेर जिल्लाका ३ उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाजुराका ३ जना कृषकलाई  जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेका हुन् ।

बाजुरा जिल्लामा कृषि पेशालाई नै आयश्रोतको मुख्य आधार बनाएर जिविकोपार्जन गरीरहेका तरकारी खेति तर्फ बडीमालिका नगरपालिका ८ गणखेतका लालबहादुर ऐडी, बुढीनन्दा नगरपालिकाका ३ का रण बहादुर बोहरा र बाख्रा पालन तर्फ बुढीगंगा १ की शुशिला थापालाई नगदसहित सम्मानित गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका कृषकहरुलाई कृषि पेशामा उत्प्रेरणा जगाउने गरी यस वर्षको भिमदत्त उत्कृष्ट कृषक पुरस्कार ३ जना कृषकलाई वितरण गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

जिल्लामा व्यवसायीक रुपमा कृषि खेति गरेर जिविकोपार्जन गरिरहेका कृषकहरुले यो पुरस्कारले पेशाप्रति थप हौसला प्रदान गरेको पुरस्कृत भएका कृषकहरुले बताएका छन् ।

बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, कृषक, पत्रकार लगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन बडीमालlका नगरपालिका कृषि शाखा प्रमुख रमेश विकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार