होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका–९ को ३ वर्षको प्रगति समिक्षाः वडाबासीको गुनासाे विकास भएन्
समाचार

बडीमालिका–९ को ३ वर्षको प्रगति समिक्षाः वडाबासीको गुनासाे विकास भएन्

  • नागरिक रैबार
बडीमालिका–९ को ३ वर्षको प्रगति समिक्षाः वडाबासीको गुनासाे विकास भएन्

नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले पछाडी पारेको सार्वजनिक समिक्षा कार्यक्रममा सहभागी वडाबासी नागरिकहरुले गुनासो गरेका छन् ।

३ वर्षको अवधिमा वडामा भएका समग्र कामको सार्वजनिक समिक्षा कार्यक्रममा अधिकाँस नागरिकहरुले नगरपालिकाको नेतृत्वले अन्य वडाको तुलनामा वडाको विकासमा त्यति ध्यान नदिएको आरोप लगाएका छन् ।

विज्ञापन

नगरबाट वडामा विकासका लागि आउने वर्षेनी बजेटमा समेत पछाडि पार्ने गरेको स्थानीयहरुले बताएका छन् ।
सदरमुकाम मार्तडी बजारभित्रको वडा भएपनि यहाँको सडक स्तरोन्नति, ढलनिकास, सडक बत्ति लगायत खानेपानी, रोजगार लगायतका विकासका पुर्वाधारबाट वडाबासीलाई बन्चित गरेको नागरिककको गुनासो थियो ।

68386b534691a

गएको ३ वर्षको अवधिमा यो वडाको विकासमा नगरले ध्यान नदिएपनि आगामी वर्षको बजेटबाट वडाभित्र पक्की सडक विस्तार, ढलनिकास व्यवस्थापन, सडकबत्ति र खानेपानी व्यवस्थापन र वडाको समग्र विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नगरपालिकाको नेतृत्वलाई सुझाव दिएका छन् ।

विकास निर्माणमा सबै राजनीतिक दललाई सँगै लैजानु पर्ने र सबैको सहभागितामा योजना छनोट गरिनु पर्ने माग विपक्षी दलका नेताहरुले धारणा व्यक्त गरेका थिए ।

वडाबासीले राखेका गुनासाहरुको जवाफ दिदै नगरउपप्रमुख नन्दा कुमारी थापाले विकास भन्ने कुरा सवै एकै चोटी गर्न नसकिने बताईन् । उनले यो बजारभित्रको वडा भएकाले पनि अन्य वडाको तुलनामा धेरै विकास गर्न जरुरी भएकोले आगामी वर्षको बजेटमा प्राथमिकता दिने आश्वासन दिएकी छन् ।

कार्यक्रममा नगरप्रमुख अमरबहादुर खड्काले वडालाई विकास गर्न आफु निरन्तर लागिरहेको दावी गरेका छन् । वडामा विगतका भन्दा धेरै विकास भएको र अझै उच्च प्राथमिकताका साथ बजेट व्यवस्थापनमा लाग्ने उनले बताएका छन् । तर वडाको दिगो विकासका लागि यहाँका नागरिकहरु समेत जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।

वडा अध्यक्ष सूर्यकिरण विकको अध्यक्षतामा आयोजित समीक्षामा नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, कार्यपालिका सदस्य राजेश पायल विक, राजनीतिक दलका प्रतिनिधी, उपभोक्ता समिति, शिक्षक, विव्यस, कर्मचारी, स्वास्थ्य कर्मी, उपभोक्ता र सरोकारवाला क्षेत्रका सबै प्रतिनिधी सहभागि रहेका थिए । कार्यक्रम वडा कार्यालयको सभाहलमा गरिएको थियो । वडा सचिव सुनिता सुनारले ३ वर्षमा वडा सरकारबाट सम्पन्न भए गरेका कामहरुको प्रगति प्रस्तुति गरेकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै