होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमालेले आज सांस्कृतिक झाँकीसहित ‘गणतन्त्र उत्सव’ मनाउँदै
देश/प्रदेश

एमालेले आज सांस्कृतिक झाँकीसहित ‘गणतन्त्र उत्सव’ मनाउँदै

  • नागरिक रैबार
एमालेले आज सांस्कृतिक झाँकीसहित ‘गणतन्त्र उत्सव’ मनाउँदै

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ। एमालेले भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म कार्यक्रम गर्न लागेको हो।

२०६५ साल जेठ १५ गते संविधानसभाले २४० वर्ष लामो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना भएको हो। राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेपछि एमाले थप आक्रामक बनेको छ। यद्यपी एमालेले कुनै दलविरुद्ध नभई जनउत्सवको रुपमा कार्यक्रम तय गरिएको जनाएको छ।

विज्ञापन

महासचिव पोखरेलका अनुसार सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन एमालेले जनसमुदायलाई आह्वान गरिएको छ। उनले भने,‘हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभूषा, बाजागाजा सांस्कृतिक झाँकीसहित हुने छ। यसले एउटा विशिष्ट छाप छाड्ने छ।’

उनले यो दिन सरकारले उत्सवका रूपमा मनाउनुपर्ने तर्क गरे। ‘१५ जेठ भनेको नेपाली जनता सार्वभौम भएको दिन हो। यो दिनको महत्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ,’ एमाले महासचिव पोखरेलले  बुधबार पत्रकार सम्मेलनमा भने,‘यो दिनको महत्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ। त्यसैले यो दिन बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था बदल्नु उपयुक्त हुन्छ। अन्य राजनीतिक दलहरूसँग पनि सहमति जुटाएर संविधान संशोधन गरी बजेट ल्याउने मिति फेर्न एमाले तयार छ।’

गणतन्त्रलाई उत्सवको रूपमा हुँदैछ भन्ने थालनी गर्न आफूहरूले गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए। उनले भने, ‘संविधानसभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौं। त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रूपमा हाम्रो पार्टी महसुस गर्‍यौं र त्यसैअनुरूप हाम्रो पार्टीले जेठ १५ गतेलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गरौं र तयारीमा जुटेका छौं।’

एमालेले गणतन्त्र दिवसका दिन उत्सव गर्न बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको थियो। यता सरकारले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ। अन्नपूर्णपोष्टबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै