काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गर्नुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताउनुभएको हो । उहाँले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको जिकिर गर्नुभयो । बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उहाँको भनाइ छ ।
राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्याउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु