नागरिक रैबार/बाजुरा १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटनामा परेर घाइते भएका २ जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरि नेपालगंज लगिएको छ ।
सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा घाइते भएका थिए।
घाईतेको उद्धारका लागि नेपाल सरकारका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरि नेपालगंज लगिएको हो ।
मंगलबार विहान भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख लोकबहादुर खड्कासहित ३ जनाको मृत्यु भएको थियो ।
जगन्नाथको पिलुचाैरबाट काँडाकोटमा रहेकाे टावर मर्मतका लागि सामान लिएर गइरहेको जीपमा सवार कैलाली धनगढी उपमहानगर पालिका ५ तारानगर बस्ने ४८ बर्षका लोक बहादुर खड्का, चालक कञचनपुर कृष्णपुर नगरपालिका २ वाणी बस्ने ५७ बर्षका करन सिह महतरा र बाजुरा बडीमालिका ७ ढम्कने बस्ने ३५ बर्षका रबिन्द्र धामीको मृत्यु भएको थियो ।
बा ५ च २२०९ नम्वर गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटना के कति कारणले भएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु