नागरिक रैबारबाजुरा १३ जेठ। बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख सहित ३ जनाको मृत्यू भएको छ ।
जीप दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाल टेलिकम शाखा कार्यालय बाजुराका कार्यालय प्रमुख वर्ष ४८ का लोक बहादुर खड्का, जीप चालक वर्ष ५७ का करनसिंह महतारा बडीमालिका ७ ढम्कनेका ३५ वर्षका का रविन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टरको तयारी भईरहेको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु