होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले बाजुराले मार्तडीमा बृहत् जनजागरण कार्यक्रम गर्ने
Breaking News

एमाले बाजुराले मार्तडीमा बृहत् जनजागरण कार्यक्रम गर्ने

  • नागरिक रैबार
एमाले बाजुराले मार्तडीमा बृहत् जनजागरण कार्यक्रम गर्ने

नागरिक रैबार/बाजुरा १४ चैत।  नेकपा  एमाले जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ ।

पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार जिल्लामा बृहत् भेला सहित जनजागरण कार्यक्रमको आयोजना गर्ने पार्टी सचिव काँशी विकले बताएका छन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने भएकोले जनजागरण कार्यक्रममा नेता कार्यकर्ताहरुले अनिवार्य उपस्थित हुन् पार्टी अध्यक्ष लालबहादुर ओलीले आग्रह छन् ।

जागरण देशमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमहरु नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र संविधान माथि धाँवा बोल्ने र मृत अवस्थामा रहेको एकात्मक राजतन्त्रको पनर्जीवित गर्ने भन्ने जस्ता भ्रमका विरुद्ध केन्द्रीत गरिएको छ ।

कार्यक्रममा पालिका कमिटी, वडा कमिटीका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधिहरु अनिवार्य रुपमा आगामी चैत १८ गते जिल्ला सदरमुकाम मार्तडीको खुला मञ्चमा उपस्थित हुन् सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार