नागरिक रैबार/बाजुरा १५ फागुन । बाजुराकाे बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा साेहि नगरपालिका १ का अन्दाजी ४० बर्षिय नृपराज रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार मृतक रेग्मी वडा नम्बर १ काे पार्ताेलामा भीरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार रेग्मी चार जना सङ्ग माछा गाउँ नजिकै माछा मार्न गएकाे र उनी आज बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्।
रेग्मीकाे शव पोर्ष्टमाटमका लागी काेल्टी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु