होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया
समाचार

जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया

नागरिक रैबार/बाजुरा १४ माघ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार अस्पतालमा उपचारारत रहेका बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया गरिएको हो।

पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवले बताएका छन्। सूरुमा पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस देखिएको थियो । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको अनुगमनमा आएको बेला जिल्ला अस्पताल अछामका प्रमुख डा.कमलेश राय यादवको टिमले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको छ।

एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवको नेतृत्वमा डा.पवन अर्याल, डा.राजेश शाक्य र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको संलग्नतामा एपेन्डिइटिसको शल्यक्रिया भएको थियो।

विज्ञापन

एमडीजीपी विशेषज्ञ डा.दुर्गा महर्जन गएपछि यो पहिलो पटक जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सकले गर्नसक्ने मेजर शल्यक्रिया एपेन्डिसाइटिस गरिएको सूचना अधिकारी नृप गिरीले बताएका छन्। अस्पतालमा पेट दुख्ने समस्या लिएर आएका थापाको एपेन्डिसाइटिस भएर भित्र कुहिएको अवस्थामा रहेको एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवले बताएका छन्।

एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवले बाजुरा, अछाम र डोटी गरेर तीन जिल्लामा रहेका जटिल प्रकृतिका बिरामीहरूको उपचारका लागि भगिनी सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन्। दुर्गमका जिल्लामा यस्ता धेरै समस्या भएका बिरामीहरूले मृत्युवरण गर्नुपरेको स्मरण गर्दै आफू सेवाका लागि तल्लीन रहेको बताएका छन्।

जिल्लामा एमडीजीपी विशेषज्ञ डाक्टर आवश्यक परेको भएपनि यसबारे कसैले पनि वास्ता गरेको पाईदैन्। यसका लागि सम्बन्धित निकायले पहल गर्न जरुरी रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ हप्ता अगाडि