होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरासहित २३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिने
राजनीति

बाजुरासहित २३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिने

  • नागरिक रैबार
बाजुरासहित २३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिने

काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।

सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय तहलाई मध्येनजर गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको हो । यस अघि यहाँका स्थानीयहरु नागरिकता लगायतका सेवा लिन हजाराै‌ रकम खर्चेर सदरमुकाम मार्तडीमा आउने गरेका थिए ।अव कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएस‌गैै पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुलाई सहज हुने भएकाे छ ।

गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।

विज्ञापन

अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने आचार्यले बताए ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृह मन्त्रालयले प्रस्ताव पठाएको थियो ।आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना गरेको गृह मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि