नागरिक रैबार/बाजुरा १२ जेठ। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ मा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति सोही वडाको दल्लेडी गाउँका स्थानिय मदन बोहराको बाख्री खोरभित्र पसेको बाघले आक्रमण गर्दा ६ बाख्रा र ११ भेडा मरेका हुन् ।
गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय धनलाल बोहराले जानकारी दिएका छन् ।
५६ भेडा बाख्रा मध्ये कोहि मारेका, कोही खाएर छोडेका र १ वटा घाइते अवस्थामा फेला पारेको उनले बताए । विगत ६ बर्ष देखि स्थानिय मदन बोहरा गाउँमै ब्यबसाहिक रुपमा भेडा बाख्रा पालन गर्दै आएका थिए ।
बाघको आक्रणमबाट भेडा बाख्राहरू मरेपछि बाेहरालाई समस्या भएको छ । बाघले भेडा, बाख्राहरुलाई आक्रमण गर्दा करिब ३ लाख ६० हजार बढीको नोक्सान भएको छ भेडापालक कृषक बोहराले बताए ।
गाउँमा अहिले बाघको आक्रमण बढ्न थालेपछि भेडापालक कृषकहरुले पेशा नै छाड्ने मनस्थितिमा पुगेका छन् ।
फेसबुक प्रतिक्रियाहरु