नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ ।
विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो ।
एक हप्ता देखि विर अस्पतालको वेड नम्वर १८८ मा उपचार गराईरहेकी रमिलाको तत्कालको उपचारका लागि लाग्ने १० हजार रकम उनीसंग नभएपछि उपचार रोकिएको थियो ।
आर्थिक अभावकै कारण रमिलाको उपचार रोकिएको खवरपछि पत्रकार मदन विकले उनको अवस्थाबारे अस्पतालमै पुगेर उपचारका लागि सामाजिक संजालमा आर्थिक सहयोग गरिदिन आग्रह गरेका थिए ।
रमिलाको उपचारका लागि देश तथा विदेशबाट ३० हजार ५८ रूपैयाँ नगद रकम खातामा जम्मा भएको उनका श्रीमान प्रकाश विकले बताएका छन् ।
रमिलाको उपचाररमिलाको उपचारमा थप सहयोग होस् भन्ने उद्देश्यले बडीमालिका प्रवासी नेपाली एकता मंच भारतबाट नरेन्द्र नाथ र चक्र महत लगायतको अगुवाईमा १५ हजार ८२ र नेपालका विभिन्न ठाउँमा बस्ने नेपालीहरुबाट १४ हजार ९ सय ७६ रकम संकलन भएको हो ।
रमिलाको मृगौलामा समस्या भई विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी छन् । रमिलाको घरको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनको उपचारका लागि देश भित्र र देशबाहिरबाट आर्थिक सहयोग जुटिरहेको छ ।
२ वर्षदेखि श्रीमति रमिलाको मृगौलाको उपचार गराईरहेका श्रीमान प्रकास विकसंग उनको उपचार गर्न खर्च जुटाउन र दैनिक परिवारको छाक टार्न समेत आर्थिक अभाव अभाव भएको छ । प्रकाशसंगै उनका एक छोरा र एक छोरी पनि रमिलासंगै रहेका छन् । रमिलाको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । रमिलाको १ साउन २०८१ देखि हप्तामा दुई पटक डाईलासिस गरिदै आएको छ ।
तपाईहरुपनि सहयोग गर्नुहुन्छ भने उनका श्रीमान प्रकाश विक ९८४८५२३३७६ र उनकी श्रीमतिको नाममा रहेको तल उल्लेखित बैंकमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।
फेसबुक प्रतिक्रियाहरु