नागरिक रैबार/बाजुरा १२ बैशाख। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का बाजुरामा आएका छन् । मन्त्री खड्का जिल्ला अस्पताल बाजुराको व्लड बैक उद्धघाटन् र स्वामीकार्तिक खापर गाउँपालिकामा हुने वृहत लोक साँस्कृतिक उत्सव उद्घाटनका लागि बाजुरा आउनु भएकाे नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
मन्त्री खड्का बाजुरा सदरमुकाम पुगेपछि नेपाली काँग्रेस लगायत भातृ एबम् शुभेच्छुक संघ,संगठनहरुले भव्य स्वागत गरेका छन् ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री समेत रहेका मन्त्री खड्का सामाजिक मन्त्री भईसकेपछी पहिलो पटक बाजुरा आएका हुन् । उनले बाजुरामा रहेका कार्यालयहरु संगको भेटघाट गर्ने कार्यक्रम रहेको काँग्रेस बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु