होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • रूकुम पश्चिममा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु
Breaking News

रूकुम पश्चिममा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रूकुम पश्चिममा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार मृत्यु हुनेमा  आठबिसकोट नगरपालिका–२ स्यालाकी  ३० वर्षीया  कमला वली, आठबिसकोट– २ का  १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली छन्। मृतक एक जना महिलाको भने पहिचान खुल्न बाँकी छ। दु

बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप स्यालाखाँदीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक पुनले बताए । दुर्घटनामा परी थप १० जना घाइते भएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै